• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

आज पनि घट्यो सुनको मुल्य

निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

आज यी स्थानमा हुने छ भारी वर्षा

आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ५. ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

  • ६. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ७. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ८. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ९. लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

दलाललाई १ करोड बुझाएर अवैध बाटोबाट अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए स्वदेश

" अमेरिकी सपना "

  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । आइतबार रातिदेखि नै सामाजिक सञ्जालमा एउटा फोटो खुबै भाइरल भयो। झ्याप्प हेर्दा फोटो अनौठो देखिए पनि फोटोले भने बेग्लै कथा भनेको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट (निष्कासन) भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।

    Advertisement

    हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको थियो। विमानसँगै फिर्ता भएको थियो अमेरिका पुगेका ३७ जनाको खुसी, सपना र सुन्दर भविष्यको परिकल्पना।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पछिल्लो पाँच महिनामा मात्रै विभिन्न तवरले अमेरिका पुगेका १ सय ६३ जनालाई अमेरिकी सरकारले फिर्ता गरेको छ। जसमध्ये आइतबार आएका ३७ जना सबैभन्दा ठूलो संख्या हो।

    ३७ जनामध्ये ५ जना महिला र ३२ जना पुरुष रहेका छन्। यीमध्ये एकजना काठमाडौंका व्यक्ति डीभी परेर अमेरिका पुगेका थिए। अर्का व्यक्ति भने विद्यार्थी भिसामा अमेरिका गएका थिए। डीभी परेर अमेरिका गएका कारण कानुनी झमेलामा परेको बेलामै अमेरिकी सरकारले डीपोर्ट गर्ने निर्णय गरेको थियो। अन्य ३५ जना भने तल्लो बाटो हुँदै जंगलैजंगल हिँडेर ३ देखि ६ महिना लगाएर अमेरिका पुगेका थिए। अवैध बाटो हुँदै अमेरिका छिर्दै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अमेरिकी अदालतले नै नेपाल फर्काउने निर्णय गरेको थियो।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर भन्छन्, अवैध बाटो हुँदै अमेरिका पुगेका सबै जना नै मानव तस्करको प्रलोभनमा परेर गएका हुन्। तर जुन अवस्थामा नेपाल फर्काइए पनि उनीहरू आफूलाई लैजाने गिरोहको विषयमा बोल्न र उजुरी गर्नसमेत चाहदैनन्। आइतबार फर्किनेमध्येमा अधिकांश व्यक्तिले ५० लाखभन्दा बढी रकम बुझाएर अमेरिका पुगेको बताएका थिए। एक जना युवाले १ करोड ४० लाख खर्च भएको बताएका छन्। ३७ जनामध्ये ५० लाखदेखि डेढ करोडसम्म खर्च गरेर अमेरिका पुगेको प्रहरी अनुमान छ। अध्यागमन विभागले नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो। आफन्तको रोहवरमा प्रहरीले उनीहरूलाई छाडेको छ।

    ब्युरो प्रवक्ता कुँवर भन्छन्, ‘पछिल्लो पाँच महिनामा १ सय ६३ जना अमेरिकाबाट नेपाल फर्काइएको छ। उहाँहरूमध्ये एक जनाले पनि प्रहरीमा उजुरी दिन आउनु भएको छैन। विभिन्न प्रलोभनमा डंकी रोड हुँदै अमेरिका पुर्‍याउने गिरोह र तस्करको खोजीमा प्रहरी रहेको बताउँदै, उनीहरूबाट प्रलोभनमा पारिएको भए प्रहरीलाई सूचना दिन प्रवक्ता कुँवरले आग्रह गरे।

    अमेरिकामा अवैधरूपमा बसिरहेका आप्रवासी र अवैध प्रवेश गर्न खोज्ने व्यक्तिहरूविरुद्ध अमेरिकी सरकारले कडाइ गरेको छ। गत जनवरीमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए पछाडि आप्रवासीहरू माथि निगरानी, धरपकड र कडाइ अझ बढाइएको छ। मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध सोमबारबाट लागू भएको छ। ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए। जसमा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णतया प्रतिबन्ध लगाइएको छ। ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका लागि हो।

    यस्तै सात देशका मानिसलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। यो खबर अन्नपुर्ण पोष्टमा छ ।

    • अमेरिका
    • अवैध आप्रवासी
    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु
    अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा
    एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो
    राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी
    आज पनि घट्यो सुनको मुल्य
    निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ५.
      ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    भर्खरै

    • १.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • २.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

    • ५.
      आज पनि घट्यो सुनको मुल्य

    • ६.
      निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    • ७.
      सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

    • ८.
      आज यी स्थानमा हुने छ भारी वर्षा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.