• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

सधैँ खानेपानीको सास्ती, पानी नहुँदा गाउँ छोड्न बाध्य


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।

    Advertisement

    खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य छन् । निसीखोला गाउँपालिका–२ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ । खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो छ ।

    खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि उक्त आयोजनाले पानीको प्यास मेटाउन सकेको छैन । अर्नाकोटमा बाहै्रमास हुने खानेपानीको अभाव हुने गरेका स्थानीय छलविर विकले गुनासो गरे ।

    “खानेपानीको ठूलो समस्या छ, दुई गाग्री पानीले दिनभर कसरी पु¥याउने सरसफाइ र पशुपालनका लागि त खानेपानी पुग्दैन”, ८१ वर्षे विकले भने, “पानीको कारणले समयमा सुत्नसमेत पाइँदैन, सक्नेहरु त गाउँ छोडेर सहर पसिसके, हामी गाउँ छोड्न सकिएन, बाचुञ्जेल प्रशस्त खानेपानी भएको हेर्नसमेत पाइएन ।”

    छलविर जस्तै नरमती रसाइलीको दैनिकी पानीको जोहो गर्नमै बित्छ । उनले खानेपानी ल्याउनका लागि छिमेकी पालिका ढोरपाटन नगरपालिका–५ स्थित वसन्तधाराको मुलसम्म पुग्ने गरेको बताए । “एक÷दुई गाग्री पानी आउँछ त्यही पनि कहिले आउँदैन, एक घण्टा हिँडेर पानी बोक्नुपर्ने अवस्था छ, वर्खामा पुरानो धारामा जेनतेन पानी आउने भए पनि हिउँदमा झनै सास्ती हुन्छ”, नरमतीले भने ।

    केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटक–पटक बिग्रिएर समस्या भएको छ । विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताए । उनले निसीखोलाको पातीहाल्ने नजिकैबाट पानी ल्याउन सम्भव देखिए पनि बजेट अभाव भएको बताए । ढोरपाटन नगरपालिका–५ र निसीखोला–२ मा पर्ने अर्नाकोट क्षेत्रमा करिब चार सय घरधुरी छन् । सबै घरमा खानेपानीको अभाव छ ।

    पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए । विद्यालयमा पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।

    उच्च भू–भागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको बताउँदै मुहानको अभाव रहेको वडाका अध्यक्ष कुविर विश्वकर्माले बताए । “अर्नाकोट बस्तीमा नजिकै पानीको मूल छैन, भएका साना मूल सुके, लिफ्ट आयोजना दीर्घकालीन भएन”, उनले भने, “बस्तीबाट निकै टाढा रहेका मूलबाट अर्नाकोटमा पानी झार्न धेरै बजेट चाहिन्छ, त्यो वडाबाट सम्भव छैन, पालिकामार्फत प्रदेश र सङ्घ सरकारसँग बजेट माग भइरहेको छ । रासस

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.