विद्यालय शिक्षा ऐनसम्बन्धी मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ। तर, छलफलको सटीक समय भने अझै टुंगो लाग्न बाँकी रहेको नेपाल शिक्षक सङ्घले जनाएको छ।
Advertisement
हिजो (बिहीबार) मन्त्रालयले बोलाएको पहिलो चरणको छलफलपछि दुवै पक्षबीच आज पुनः छलफल गर्ने सहमति बनेको थियो। नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलका अनुसार, अहिले शिक्षकहरू आन्दोलनमै रहेका कारण छलफल आन्दोलन सकिएपछि मात्र सुरु हुने जनाइएको छ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागमा अडिग शिक्षकहरू अब सरकारसँग पुनः औपचारिक वार्तामा बस्न तयार भएको जनाइएको छ।