काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कारोबारको दुई दिनअघि अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो ।
Advertisement
आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।