सरकारले आज सोमबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।
इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।