काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको कारबाहीको पत्र निर्मल निवासबाट फर्काइदिएको छ ।
Advertisement
शुक्रबार राजावादीले काठमाडौँका विभिन्न स्थानमा आन्दोलन गरेर महानगरका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवाना ताकेको थियो ।
सो कारबाहीसहितको पत्र लिएर निर्मलनिवास पुगेको महानगर प्रहरीको टोलीलाई भित्र प्रवेश नै गर्न दिइएन् । पूर्वराजा सम्बद्ध व्यक्तिहरुले उनीहरुलाई गेटबाटै फर्काइदिएका हुन् ।