पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका एभिन्युजमा कार्यरत पत्रकार सुरेश रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान नेपाल पत्रकार महासंघले माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
Advertisement
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।