अवैध रुपमा अमेरिका गएका १० जना नेपाली लाई आज अमेरिकी चार्टर विमानमार्फत् काठमाडौँ ल्याईदै छ। अध्यागमन विभागका अनुसार उनीहरू बुधबार बिहान करिब १० बजे काठमाडौँ आइपुग्ने तालिका छ।
Advertisement
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्।
आज दश जना नेपालीलाई लिएर अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँ आउन लागेको हो ।
यस अघि जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएका थिए। यस अवधिमा तीन नेपालीलाई पानामा ‘डिपोर्ट’ गरिएको अमेरिकी प्रशासनले जनाएको छ ।