हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ। इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ स्थगित गर्न लागेको हो।
हमासको सशस्त्र शाखाका एक प्रवक्ता अबु ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ अगाडि बढ्ने बताए। हमासले विस्थापित प्यालेष्टिनीलाई फर्काउन ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र गाजामा मानवीय सहायता प्रवेश गर्न नदिएको आरोप लगाएको छ।
हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु (इजरायल)ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ।’ हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। युद्धविराम सम्झौताअनुसार हमासले आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने थियो।