सुर्खेत । सुर्खेतमा भेरी नदी माथि झोलुङ्गे पुल निर्माणका क्रममा खसेर बेपत्ता भएका दुई मध्ये एकको शव फेला परेको छ । भने अर्का एकजना अझै बेपत्ता भएका छन् । जिल्लाको बराहताल गाउँपालिका ४ र पञ्चपुरी नगरपालिका–१४ जोड्ने पुल निर्माणका क्रममा बुधवार बेपत्ता भएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङका २४ वर्षीय अनिल घर्तीको शव फेला परेको हो ।
Advertisement
उनी सँगै बेपत्ता भएका रुकुमकै १८ वर्षीय अर्जुन झाँक्री मगरको भने खोजी भइरहेको छ । घर्तीको शव भेरी नदीको ४० मिटर गहिराईमा भेटिएको सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतको गोताखोर टोलीले बताएको छ ।