• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ७. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

आठबिसकोटका उधोगमा स्केट पार्क सञ्चालन , उधोगहरु अलपत्र हुँदा राज्य माथि करोडौँको भार

"अधिकांश उधोग बन्द, करोडौँ लगानीको वाईन उधोग भाडामा दिने तयारी  "

  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • कर्णाली । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा स्थानीय सरकार स्थापना कालदेखि खोलिएका उधोगहरु अलपत्र परेका छन्। स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएका बिभिन्न उधोगहरु अलपत्र अवस्थामा छन्। दिगो नीति विना राज्यले करोडौँ लगानी गरेर स्थापना गरिएका उद्योग अलपत्र अवस्थामा रहेका हुन्। कुनै उद्योग को त नामनिसाना नै छैन । भने केहि उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। आठबिसकोट १२ झिन्चौरमा रहेको कर्णाली वेभरेज इन्डस्ट्रीज , वाईन र पानी उत्पादनका रुपमा स्थापना भएको उक्त उद्योग अहिले ठप्प भएको छ । स्थानीय युवाहरुको , आठबिसकोट नगरपालिका र कर्णाली प्रदेश सरकारको लाखौँ लगानी रहेको यो उद्योग अहिले भाडामा दिन लागिएको छ ।

    Advertisement

    कार्यपालिकाले निर्णय गरेर उक्त उद्योग लाई भाडामा दिन लागिएको हो । उद्योग का सचिव दत्त बहादुर पुनका अनुसार हाल सम्म यो उद्योग मा २२ करोड बढी लगानी भैसकेको छ । तर प्रतिफल भने शुन्य छ । पुनका अनुसार किसानबाट खरिद गरिएको किवि, सुन्तला लगायतका अन्य फलफुल खरिद गरे बापत भुक्तानी दिनुपर्ने रकम पनि दिन नसकिएको बताए । आर्थिक भार बढ्दै जाने र आयस्रोत नहुँदा उद्योग सञ्चालन गर्न समस्या भएको बताईन्छ । त्यस्तै नगरपालिकाले लाखौं लगानी गरेको अर्को उद्योग हो प्लाई उद्योग यो पनि अलपत्र अवस्थामा छ । काष्ठ उद्योग का रुपमा सञ्चालित उद्योग सञ्चालनमा आउन सकेको छैन्। भने अर्को दुग्ध सहकारी संस्थाको पनि हालत त्यस्तै छ । दिर्घकालिन योजना नबाएरै हचुवामा खोलिएका उद्योग धमाधम बन्द हुने अवस्थामा छन्।

    त्यस्तै आठबिसकोट–११ सिमबजारमा खोलिएका कर्णाली गार्मेन्ट उद्योग र ड्राइफुड उद्योगमा प्रदेश सरकारको लगानी भए पनि बन्द अवस्थामा छन । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमार्फत १० लाख अनुदान र स्थानीय ९ जनाले ५/५ लाख सेयर लगानी गरेर खोलिएको गार्मेन्ट उद्योगमा पनि ताला लागेको छ । गार्मेन्ट उद्योगभित्र कपडा सिलाउने मेसिन खिया लागेका छन्।

    भवन बनाएर स्थापना गरिएको अर्को ड्राइफुड उद्योग पनि सञ्चालनमा आउन सकेको छैन । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३८ लाख अनुदान र आफूसहित ११ जना सेयर सदस्यले १/१ लाख गरी ४९ लाख रुपैयाँ लगानी गरेर खोलिएको उद्योग अहिले अलपत्र परेको उद्योगका अध्यक्ष गोर्ख कामीले बताए । उनले अहिले उक्त उद्योग मा स्केट पार्क सञ्चालन गरेका छन्। भवन बनाएको जग्गाको भाडा समेत तिर्न नसकेपछी उनले पार्क सञ्चालन गरेर त्यही बाट उठेको रकमले भाडा तिर्ने भनेर शे-फोक्सुन्डो स्केट एण्ड हेल्थ स्पोट मनोरञ्जन पार्क सञ्चालनमा ल्याएको बताए ।

    उज्यालोपाटी सँग अध्यक्ष कामीले भने, सुरुमा स्थानीय सहित मैलेपनी शेयर लगानी गरेर स्थानीय स्तरमै उत्पादित वस्तुबाट ड्राईफुड बनाउने भनेर उद्योग स्थापना गरियो । अहिले नगरपालिकाबाट पनि बजेटको व्यवस्था भएन । सञ्चालन गर्न समेत समस्या भएपछी जग्गाको भाडा तिर्न लाई भएपनी स्केट पार्क सुरु गरेको छु । अब जग्गाको भाडा तिरेर भवन भत्काउने वा कुनै विकल्प खोज्ने भन्ने बारे छलफल भैरहेको छ । कतिपयले सरकारी भवनमा व्यक्तिले पार्क सञ्चालन गरेको भन्ने गरेका छन्। तर यो जग्गा न सरकारको नाममा छ । न त भवन नै सरकारले बनाएको छ । हामिले उद्योग सञ्चालन गर्दा जग्गा भाडामा लिएका छौं । उद्योग नचल्दा भाडा तिर्ने अवस्था नभएपछी पार्क बाट भएको आम्दानीले भाडा तिर्न सकिन्छ कि भन्ने हो ।

    कामीले प्रदेश सरकारले लक्षित वर्गका लागी भनेर एकपटक आएको बजेट बाहेक आठबिसकोट नगरपालिकाको कुनै शेयर लगानी नभएको बताए । उद्योग सञ्चालनका लागी आवश्यक सामग्री समेत बन्द कोठामा अलपत्र अवस्थामा छन्।

    • आठबिसकोट
    • उधोगहरु
    • नगरपालिका
    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य
    साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
    मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
    बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

    भर्खरै

    • १.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • २.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ३.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ४.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    • ७.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ८.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.