काठमाडौं । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जागिर खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार दुईसय २३ जवानको लागि दरखास्त आह्वान गरेको छ।
१ हजार १६५ जना प्रहरी जवान, ४७ जना भान्से र ११ जना कुचीकार पदका लागि नयाँ भर्ना आह्वान गरिएको सूचनामा उल्लेख छ।
कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा , गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा र काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ ।