पोखरा । लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगाले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेकी छन्।
जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।
नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ की पार्टी अध्यक्ष समेत हुन्।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले उज्यालोपाटी लाई जानकारी दिए।