आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ स्थित सुन्दरपानीमा विविध साँस्कृतिक कार्यक्रम सहित ११ औँकालिका माई मेला लाग्ने भएको छ । परम्परागत रुपमा लाग्दै आएको उक्त मेला यसपटक पनि लाग्ने भएको हो ।
यहि असोज २२ गतेदेखि दशैँको अवसर पारेर मेला आयोजना गरिएको आयोजक समितिका उपाध्यक्ष बिनोद बटालाले जानकारी दिए।उनका अनुसार मेलामा भलिवल, ब्याट्मिन्टन, दौड र स्थानीय सिङ्गारु नाँच सहित अन्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
सृष्टि युवा विकास केन्द्र आठबिसकोटको आयोजनामा वडा स्तरिय पुरुष भलिवल र ब्याट्मिन्टन खेलको आयोजना गरिएको हो ।भलिवल तर्फ प्रथम हुनेले ३० हजार, दोस्रो २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। भने दर्ता शुल्क ३ हजार लाग्ने छ। त्यस्तै ब्याट्मिन्टन तर्फ बिजेताले १० हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छन्। दर्ता शुल्क १ हजार लाग्ने छ । ब्याट्मिन्टन खेलसिनियर र जुनियर खेलाईने आयोजक समितिका अध्यक्ष तिलक बटालाले जानकारी दिए ।
साथै ५० वर्ष माथिको ५०० मिटर दौड र स्थानीय सिङ्गारु नाँचलाई २/२ हजार पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।खेल असोज २२ गते दिउँसो १२ बजे सुन्दरपानीमा उद्घाटन हुने बताईएको छ ।