पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघको अपराजित यात्रालाई कोसी प्रदेश भलिबल संघले रोकेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको दोस्रो खेलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै कोसी प्रदेश भलिबल संघले आफ्नो पहिलो जीत निकालेको हो ।
कोसीले गण्डकीलाई १७–२५, २५–१५, २०–२५, २५–२३ र १५–११ ले पराजित गर्याे ।