• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ६. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ७. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • ८. फेरी घट्यो सूनको मूल्य

  • ९. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा


  •   शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
  • डोल्पा । काठमाडौं मेडिकल कलेज (केएमसी) ले कर्णालीका दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा डोल्पाका करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार दुनैमा आयोजित शिविरकै क्रममा केएमसीका अध्यक्ष डा. सुनील कुमार शर्माले डोल्पाका जेहेनदार तथा विपन्न विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ।

    Advertisement

    डा. शर्माले एसईई उत्तीर्ण गरेका डोल्पाका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ विधामा काठमाडौं मेडिकल कलेज, काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो। साथै, शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
    गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा केएमसीको समन्वयमा सञ्चालित शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए।

    शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो। त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ।
    केएमसीमा रिफर भएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको छ। औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।

    डा. शर्माको पहलमा केएमसी र नोबेल मेडिकल कलेजमार्फत यसअघि नै असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाइसकेका छन्। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन्।

    यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिने र थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचारको व्यवस्था मिलाइनेछ।

    दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनुका साथै शिक्षाबाट वञ्चित जेहेनदार विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले केएमसीले स्वास्थ्य उपचार र छात्रवृत्तिको अभियानलाई निरन्तरता दिँदै आएको छ।

    शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने
    फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत
    दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित
    फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत
    रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध
    फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    • ६.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    भर्खरै

    • १.
      कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

    • २.
      फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

    • ४.
      फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

    • ५.
      डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

    • ६.
      रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

    • ७.
      फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

    • ८.
      कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.