• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ६. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ७. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • ८. फेरी घट्यो सूनको मूल्य

  • ९. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध


  •   शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
  • काठमाडौं। काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट नाम फिर्ता लिएपछि नेपाल भलिबल संघले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई १५ लाख ७ हजार रुपैयाँ जरिवाना र प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    Advertisement

    रुकुम पश्चिम प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बन्दै काभा क्लब च्याम्पियनसिपका लागि छनोट भएको थियो। उसले फाइनलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो। फाइनलमा रुकुमले २९–२७, २५–२१ र ३२–३० को सेटमा जित निकालेको थियो। उपाधिसँगै उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको थियो।

    भारतको ओडिशास्थित भुवनेश्वरमा नोभेम्बर १५ देखि २२ सम्म आयोजना भएको काभा क्लब च्याम्पियनसिपमा नेपालसहित पाँच देशका ६ क्लब सहभागी हुने तय थियो। तर, छनोट भएर पनि रुकुम पश्चिम प्रतियोगितामा सहभागी हुन सकेन।

    प्रतियोगिताको लिग चरणमा रुकुमले इरानको फुलाड सिरजान इरानियन, काजकिस्तानको झेतिसु, भारतको बेङ्गलुरु टोरपेडोज, अफगानिस्तानको काम एयर र भारतकै मुम्बई मेटियर्ससँग खेल्ने तालिका थियो। लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने र नोभेम्बर २१ मा सेमिफाइनल तथा २२ मा फाइनल हुने कार्यक्रम थियो।

    प्रतियोगितामा सहभागी हुन नसक्नुको प्रमुख कारण आर्थिक संकट भएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ। केन्द्रले सार्वजनिक गरेको विज्ञप्तिमा एउटै वर्ष तीनवटा ठूला प्रतियोगितामा सहभागी हुँदा खेलाडी व्यवस्थापन, तयारी, आवतजावत, आवास तथा अन्य व्यवस्थापकीय खर्च जुटाउन कठिन भएको उल्लेख गरेको छ।

    ‘हामीसँग खेल्ने इच्छा, तयारी र सपना सबै थिए। तर आवश्यक आर्थिक व्यवस्थापन गर्न नसक्दा अन्ततः चाहेर पनि प्रतियोगितामा सहभागी हुन सकेनौं,’ केन्द्रले विज्ञप्तिमा भनेको छ।

    केन्द्रका अनुसार सरकारी निकाय, जिल्लाका स्थानीय सरकार तथा ठूला व्यावसायिक प्रतिष्ठानबाट अपेक्षित आर्थिक सहयोग प्राप्त हुन सकेन। विदेशमा रहेका नेपाली र शुभचिन्तकको आर्थिक सहयोगकै कारण क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गर्न सकेको उसको भनाइ छ।

    ‘आज हामीले गर्वका साथ भन्नुपर्छ, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र यहाँसम्म आइपुग्नुमा विदेशमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ तथा शुभचिन्तकहरूको ठूलो योगदान छ। उहाँहरूले आफ्नो पसिनाको कमाइबाट गरेको सहयोग र विश्वासकै कारण हामीले रुकुम पश्चिमको झण्डा बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानसम्म पुग्ने साहस गरेका हौँ,’ विज्ञप्तिमा उल्लेख छ।

    आफ्नै जिल्लाको नाम बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्दा पनि स्थानीय सरकार र सरोकारवाला निकायबाट आवश्यक सहयोग नपाएको भन्दै केन्द्रले दुःख व्यक्त गरेको छ।

    नेपाल भलिबल संघले लगाएको १५ लाख ७ हजार रुपैयाँ जरिवाना र प्रतिबन्धको निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रले आफ्नो वास्तविक आर्थिक अवस्था र बाध्यतालाई समेत ध्यानमा राख्न आग्रह गरेको छ।

    ‘हामी सम्बन्धित निकायको निर्णय र संस्थागत प्रक्रियाको सम्मान गर्दछौँ। तर हाम्रो अनुरोध छ-हाम्रो आर्थिक अवस्था, वास्तविक बाध्यता र परिस्थितिलाई समेत बुझेर उक्त निर्णयमाथि निष्पक्ष पुनर्विचार गरियोस्,’ केन्द्रले भनेको छ।

    केन्द्रले प्रतियोगितामा सहभागी हुन नसक्नुको अर्थ खेलकुदप्रतिको जिम्मेवारीबाट पन्छिनु नभएको पनि स्पष्ट पारेको छ। आर्थिक अभावकै कारण प्रतियोगिता खेल्न नसक्नुलाई अपराधका रूपमा नलिन उसले आग्रह गरेको छ।

    • काभा
    • भलिवल खेल
    शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने
    फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत
    दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित
    फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत
    डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा
    फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    • ६.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    भर्खरै

    • १.
      कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

    • २.
      फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

    • ४.
      फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

    • ५.
      डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

    • ६.
      रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

    • ७.
      फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

    • ८.
      कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.