• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ६. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ७. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • ८. फेरी घट्यो सूनको मूल्य

  • ९. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

  • १०. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च


  •   शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
  • सुर्खेत- कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति सङ्घले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

    Advertisement

    सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगका सहकार्यमा सञ्चालन हुने ‘सम्भव जीवन’ परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ ।

    परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविरमार्फत नागरिकलाई आँखा तथा कानको उपचारका पहुँचमा ल्याउने लक्ष्य परियोजनाले राखेको छ ।

    कर्णाली प्रदेशमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले समेत देखाएका छन् । सङ्घले सन् २०२५ मा गरेको वैज्ञानिक अध्ययनअनुसार सुर्खेत र सल्यान जिल्लाका एक हजार ९४६ जना अध्ययन सहभागीमध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या पाइएको थियो । तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास देखिएको थियो । अध्ययनले समयमै परीक्षण, रोग पहिचान र उपचार सेवाको विस्तार आवश्यक रहेको औँल्याएको छ ।

    त्यसैगरी, प्रदेशमा सन् २०१९ मा गरिएको ‘र्यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस’ सर्वेक्षणले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनाको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो । भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ र विशेषज्ञ सेवाको अभाव आँखा उपचारमा पहुँचका प्रमुख चुनौतीका रूपमा रहेका जनाइएको छ ।

    सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगैकै सहकार्यमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

    सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम (२०२०– २०२५) कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी तथा बृहत्स्तरमा सेवा विस्तार गर्न लागिएको जाकारी दिए । उनले भने, ‘सम्भव जीवन’ परियोजनाले कर्णाली प्रदेशका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।’

    तीन लाखभन्दा बढीलाई निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा

    ‘सम्भव जीवन’ परियोजना कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार परियोजनाको दोस्रो चरणअन्तर्गत तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ भने पाँच हजारभन्दा बढी आँखा तथा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ ।

    त्यसैगरी, विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ । यसका अतिरिक्त समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान, आवश्यक उपचार तथा थप विशेषज्ञ सेवाका लागि ‘रेफरल’ प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा समेत परियोजनाले जोड दिनेछ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिइने छ ।

    सङ्घका महासचिव भरतबहादुर चन्दले भने, ‘कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याएको हौ ।’

    कर्णालीका दुर्गम जिल्लामा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् । त्यस्ता नागरिकलाई उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिककै घरदैलो नजिक विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताए ।

    आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    शनिबार, मङि्सर १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने
    फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत
    दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित
    फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत
    डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा
    रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    • ६.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    भर्खरै

    • १.
      कर्णालीले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहनेछ : सभापति लामिछाने

    • २.
      फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोशीको पहिलो जीत

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

    • ४.
      फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको जीत

    • ५.
      डोल्पामा केएमसीको स्वास्थ्य शिविर : दुई हजारले लिए सेवा, विद्यार्थीका लागि एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

    • ६.
      रुकुम पश्चिमलाई १५ लाख ७ हजार जरिवाना र प्रतिबन्ध

    • ७.
      फेवा किङ्स कप भलिबल : आज तीन खेल हुँदै

    • ८.
      कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.