नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोखार्जविरुद्ध कर्णाली याक्सीले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ। काठमाडौं भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।
काठमाडौले आजको खेलमा तीन खेलाडीले परिवर्तन गरेको छ भने कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ।
काठमाडौं गोखार्ज:
करण केसी, भीम सार्की, रासिद खान, आदिल आलम, सन्तोष यादव, सहाब आलम, देव शाह, रिपोन मण्डल, डेविड वार्नर, स्मित पटेल र जनादन खान।
कर्णाली याक्स:
सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मुहम्मद हुसैन तलात र जिसन अलाम।