काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो।
यससँगै आजका लागि सुनको प्रतितोला मूल्य २ लाख ८० हजार ३ सय रुपैयाँ कायम गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।