रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घारिखोलामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। घारिखोलास्थित साईराम प्राथमिक विद्यालयको पछाडि केन्द्रीय विद्युत् लाइनको करेन्ट लाग्दा हातीराम कुसारीका अन्दाजी १५ वर्षीय कमल कुसारीको मृत्यु भएको हो।
मृतक कुसारी सोही क्षेत्रको जनविकास माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेको स्थानीय कविराम खत्रीले उज्यालोपाटी लाई जानकारी दिए। । खत्रीका अनुसार गएराती करेन्ट लागेर घटना स्थलमै मृत्यु भएका कुसारीको शव आज बिहान फेला परेको हो।
सोमबार विद्युत् लाइनको करेन्ट लागेर गम्भीर घाइते भएका कुसारीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।