रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ स्थित राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा हरिभक्त क्षेत्री निर्वाचित भएका छन्।
निर्वाचनमा कुल १३९ मत खसेकोमा १३८ मत सदर र १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। सदर मतमध्ये हरिभक्तले ७३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी जनक बटालाले ६५ मत प्राप्त गरेका छन्।
मत परिणाम:
हरिभक्त खड्का : ७३ मत
जनक बटाला : ६५ मत