नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताएका छन् । काभ्रेको धुलिखेलमा शुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको दाबी गरे ।
उनले कांग्रेस जिम्मेवार शक्ति भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा आफूहरुमा नभएको स्पष्ट पारे । सभापति थापाले देश संविधानभन्दा दायाँ–बायाँ जाँदा कांग्रेसले सम्हाल्नुपर्नेमा जोड दिए ।