• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो,बजारमा आकासियो केरा मुल्य तर किसानले पाएनन्


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

    Advertisement

    मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि केराखेती सुरु गरेका उनले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन् ।

    “हाल केरा बेच्दा प्रतिकोसा रु पाँच÷छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ”, भुर्तेलले भने, “रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।”

    यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताए । “लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ”, उनले भने ।

    कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन रु एक सय ३२ र खुद्रा मूल्य रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन रु ६० देखि रु ७२ सम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।

    बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए ।

    कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल पाँच सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ । रासस

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.