रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–९ राडीज्यूलामा एक युवाको मृत अवस्थामा शव फेला परेको छ। मृतक स्थानीय वडा नम्वर १० का टेक बहादुर मल्लका जेठा छोरा वर्ष २७ का रबि मल्ल रहेका छन्।
Advertisement
राडीज्यूला स्थित सहिद स्मृति नमुना विद्यालयतर्फ जाने सडकबाट करिब १० मिटर तल गीजागाड खोलाको छेउमा रहेको कुलो नजिक, सिमलको रुखमुनि उनको शव शनिवार बिहान फेला परेको हो।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि मुसिकोट खलङ्गा पठाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने प्रहरीले बताएको छ। मल्ल बटालियन यातायात प्रालिको टिकट काउन्टरमा कार्यरत थिए ।