रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ चुर्तीपाखामा ढुङ्गा लागेर एक युवकको मृत्यु भएको छ। आइतबार बेलुका घर निर्माणको लागि ढुंगा निकाल्ने क्रममा ढुङ्गा लागेर ४० वर्षीय बलबहादुर नेपालीको मृत्यु भएको हो।
Advertisement
घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। वडा नम्वर ८ को जंगलमा उनी मृत अवस्थामा भेटिएका थिए । नेपालीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाईएको छ ।