रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलंगास्थित झोलुङ्गे पुलबाट हामफालेर एक किशोरले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओलीको झोलुङ्गे पुलबाट हामफल्दा मृत्यु भएको हो ।
Advertisement
मृतक महेन्द्रले खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेका हुन् । पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउको फुटेको छ भने शव दुई ढुङ्गाको बिचमा रहेको छ ।
कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसीकोट नगरपालिका १ स्थित कारागार नजिकै कोठा भाडामा बस्दै आएका थिए। अहिले प्रहरी टोली पुगेर घटनास्थलमा पुगर आवश्यक अनुसन्धान तथा कागजी प्रक्रियाको काम गरिरहेको छ। मृतक महेन्द्रले प्रेम सम्बन्धमा भएको असफलताको कारण पुलबाट हाम्फालेको बताइएको छ ।