रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको झोलुङगे (भाईरल) पुलबाट हाम्फालेर एक जना किशोरको मृत्यु भएको छ ।
Advertisement
जिल्लाको त्रिवेणी गाउँपालिका १० सालघारीका १७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेको र उनको शव दुई सय मिटर तल खोलामा फेला परेको बताईएको छ ।
खसेका महेन्द्रको टाउको फुटेको मृत अवस्थामा रहेको प्रहरीको भनाई छ । दुई ढुंगाको बिचमा शव रहेको छ ।