नेपाली कांग्रेसले रुकुमपश्चिमको लागि युवा नेता राजु केसीलाई टिकट दिएको छ । विशेष महाधिबेशनबाट निर्वाचित सभापति गगन थापाले केसीलाई प्रतिनिधिसभाको रुकुमपश्चिमको उम्मेद्वारका लागि टिकट दिएका हुन ।
यसअघि रुकुमपश्चिमबाट जिल्ला सभापति प्रेमप्रकाश ओली र पूर्वराज्यमन्त्री गोपाल जीजंग शाह उम्मेदवार सिफारिस भएका थिए । तर सभापति गगन थापाले देउवा पक्षका ओली शाहलाई आउट गरेर केसीलाई टिकट दिएका हुन्। यस अघि जिल्ला बाट उम्मेदवर सिफारिस गर्दा जबरजस्ती गरिएको भन्दै केसी सहितका अन्य युवा नेताहरुले बिरोध गरेका थिए।