काठमाडौँ । दाङ घोराहीका युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनको चुुनाब भिड्ने भएका छन् ।
विधार्थी जिवनकालदेखि नै राजनितिमा होमिएका केसी नेपाली कांग्रेस पार्टीको तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट चुनाब भिड्ने भएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुुद्दामा उनले समर्थन जनाएका छन् । युुवाहरुका मुुद्दालाई सम्बोधन गर्दै केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्न लागेका हुन् ।
विसं २०५४ सालमा त्रिचन्द्र कलेजबाट विद्यार्थी जिवनदेखि नै नेबीसंघमा आवद्ध रहेर काम गरका उनी यस पटक भने चुनावमा उठ्ने पक्कापक्कि जस्तै भएको छ ।
उनी २०७८ असोजमा भएको पालिका स्तरको चौधौ महाधिबेसनमा बहुुमतले उपसभापति पदमा निर्वाचित भएका थिए । नेपाल तरुन दल दाङ क्षेत्र नम्बर ३ को २०७१ कार्तिकमा भएको क्षेत्रीय अबिधेसनबाट पनि उनी सचिव पदमा निर्वाचित भएका भएका थिए ।
लामो समयदेखि सेवाको रुपमा राजनितिमा काम गरेका केसीसँग राजनिति र कुुटनितिको राम्रो ज्ञान समेत रहेको छ । स्थानियका अनुसार केसी दक्ष र योग्य ब्यक्ती हुन् । उनीसँग काम गर्न सक्ने क्षमता रहेको स्थानिय बताउँछन् ।
गोप्य स्रोतका अनुसार यो पटक उनले टिकट पाउने लगभग पक्कापक्कि जस्तै छ । एउटा जननेतामा हुनुु पर्ने गुण भएका उनलाई स्थानियहरु यो पटक उनले टिकट पाउने कुरामा पार्टीले कुनै पक्षपात नगर्ने कुरामा आशाबादी भएको समेत बताउँछन् ।
नेपाली काँग्रेसको दोस्रो बिषेश महाधिवेसनलाई उनले पुुर्ण रुपमा सहयोग गरेका थिए ।
मुुलुकमा रोजगारी, सुुशासन, स्थिर सरकार हुनुु पर्ने उनका मुुख्य ऐजेन्डा रहेका छन् ।
उनले लामो समयदेखि पार्टीको बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गरिरहेका छन् । राजनितिलाई पेशा होइन सेवा हो भन्ने मनोभाव बोकेका उनी यसपटक जनताले उनलाई पुुर्णरुपमा साथ दिने कुरामा विश्वस्त छ । यहि फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुुदै छ ।