• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

कठोर उपमेयर धन कुमारी शाही

"“सक्षम उपमेयर नडराउने नबिराउने” "

  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कार्यालय बिहानैदेखि चलायमान छ। कर्मचारीहरू समयमै उपस्थित छन्। सेवाग्राहीहरू आआफ्नै काममा व्यस्त छन्। र फाइलहरू धुलो लागेर थन्किएका छैनन्। यस परिवर्तनको केन्द्रमा छन्। नगरकी कठोर उपमेयर धन कुमारी शाही। उन लाई धेरैले “कडा”, “नडराउने” र “सम्झौता नगर्ने” उपमेयरका रूपमा चिन्छन्। तर उनको कठोरता व्यक्तिगत स्वभाव होइन, व्यवस्था र उत्तरदायित्वप्रतिको प्रतिबद्धता हो। नियमभन्दा माथि कोही छैन। भन्ने भावले उनले न्यायोचित तरिकाले काम गरिरहेको सेवाग्राहीहरुको भनाई छ।

    Advertisement

    नगरपालिकामा उपमेयरको भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउँदै उपमेयरले पछिल्लो समय जनअपेक्षा अनुसार काम गर्दै आएकी छन्। दबाब, प्रभाव र चुनौतीका बाबजुद पनि नडराउने र नबिराउने अडानसहित उनले सुशासन, पारदर्शिता र जनसेवामा आफूलाई केन्द्रित गरेकी छन्। खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र विकासका सवालमा स्पष्ट निर्णय लिँदै उपमेयरले जनताको पक्षमा दृढ रूपमा आवाज उठाउँदै आएकी छन्। अनियमितता र अन्यायका विरुद्ध सम्झौता नगर्ने उनको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम र उपप्रमुख धन कुमारी शाहीको नेतृत्वमा खटिएको अनुगमन समितिले राडी बजार सहितका अन्य वडाहरुमा अनुगमन गर्दा लाखौं बराबरको अवैध र म्याद गुज्रिएको वस्तु नष्ट गरेको छ । भने कानुन विपरीत सञ्चालनमा आएका २० भन्दा बढी व्यवसाय बाट जरिवाना गरिएको छ । आफ्नै पार्टीका नेता कार्यकर्ताले सञ्चालनमा ल्याएको व्यवसायमा अनुगमन पश्चात् गरिएको जरिवानाले कानुन सबैका लागि बराबर भएको अनुभुती दिलाएको छ ।

    धेरै जसो नगरवासीहरू उपमेयरलाई सक्षम, साहसी र जिम्मेवार नेतृत्वका रूपमा हेर्न थालेका छन्। ‘डर होइन, निर्णय’ भन्ने व्यवहारिक उदाहरण प्रस्तुत गर्दै उपमेयरले स्थानीय सरकारभित्र उत्तरदायित्व र जवाफदेहिता मजबुत बनाउने प्रयास गरिरहेका छन्। २०७९ को स्थानीय तहको चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्र बाट लोकप्रीय मत सहित बिजयी बनेकी शाही उपमेयर पद सम्हालेपछि पहिलो निर्णय नै स्पष्ट पारेर अघि बढेकी थिईन।

    नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सामाजिक विकास, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा विशेष ध्यान दिएका छन्। विशेष गरी उपमेयरको संयोजकत्वमा सञ्चालित सामाजिक न्यायसम्बन्धी कार्यक्रम, लक्षित वर्ग केन्द्रित राहत तथा सचेतना अभियानले स्थानीय नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ। नगरपालिकामा अवैध मदिराको व्यापार गरिरहेका र बिना दर्ता संचालनमा रहेका व्यवसायी माथिको कारबाहीले
    कर नतिर्ने माथि जरिवाना लाग्दा आलोचना पनि कम भएन। तर उनी अडिक भएर आफ्नो काम प्रति दृढ रहिन्।

    कठोर उपमेयरको अर्को परिचय हो। सेवाग्राहीमैत्री प्रशासन। घुस, ढिलासुस्ती र झन्झट अन्त्य गर्न पालिकामा संचालित योजनाहरुको अनुगमनलाई नियमित बनाईन। जसले कर्मचारी र जनप्रतिनिधिको सम्बन्धलाई थप मजबुत बनाईदियो। आलोचनाका विच पनि उच्च साहस र कठोर निर्णयले प्रशंसा मात्र होइन, सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म फरक पार्टी बाट पनि समर्थन भैरह्यो।

    उनी भन्छिन्। “म आलोचनाभन्दा परिणाममा विश्वास गर्छु।” मेरो लागि लोकप्रियता होइन, सही काम प्राथमिकता हो। महिला नेतृत्वको फरक पहिचान बनाउनु मेरो पहिलो दायित्त्व हो। उपमेयरले महिला नेतृत्वलाई ‘नरम’ मात्र होइन, दृढ र निर्णायक पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्। तत्कालिन माओवादी फुटेपछि अधिकांश जनप्रतिनिधि पार्टीकै कार्यक्रममा हिड्दा उनी कार्यकाल अवधिभर जनताको काम गर्ने प्रतिबद्दता व्यक्त गर्छिन। जथाभावी जनतालाई आशा देखाउने हरु बाट सचेत रहन भन्दै उनी जनतालाई सचेत बनाईरहेकी हुन्छिन।

    नगरपालिकाभित्रका योजना तथा बजेट कार्यान्वयनमा पारदर्शिता कायम गर्न उपमेयरले नियमित अनुगमन, सार्वजनिक सुनुवाइ र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। यसले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी बताउँछन्।

    स्थानीय राजनीतिक वृत्तमा उपमेयरलाई स्पष्टवादी, निर्णयक्षम र परिणाममुखी नेताका रूपमा मूल्यांकन गर्न थालिएको छ। ‘डर होइन, जिम्मेवारी’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै उपमेयरले स्थानीय सरकारलाई जनमुखी र जवाफदेही बनाउने दिशामा निरन्तर प्रयास गरिरहेका छन्।

    नगरवासीहरू उपमेयरबाट आगामी दिनमा अझै प्रभावकारी भूमिका र ठोस नतिजाको अपेक्षा गरिरहेका छन्। नडराउने र नबिराउने अडानसहितको सक्षम नेतृत्व स्थानीय शासनका लागि कति आवश्यक छ भन्ने कुरा उपमेयरको कार्यशैलीले स्पष्ट रूपमा देखाएको छ।

    • धन कुमारी शाही आठबिसकोट
    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.