नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन र असन्तुष्टिलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। आज रुकुम पश्चिममा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा लक्षित कडा प्रहार गरेका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई संकेत गर्दै उनले कम्युनिष्ट छोडेर जानेहरूलाई ‘भगौडा’ को संज्ञा दिँदै अधिकांश पलायन भइसकेको र केही मात्र बाँकी रहेको टिप्पणी गरे। आफु पहिले रुकुम आउँदा भन्दा अहिले दुई गुणा बढी मानिसको बिशाल उपस्थिति रहेकोमा खुशी व्यक्त गर्दै उनले भने, नेपाली कम्युनिष्ट पार्टीको हेडक्वाटर र प्रचण्ड सधै तपाईको साथमा छ। सुख दुखमा तपाईहरुकै साथमा हुनेछु।
जनार्दन विचलित भएर पलायन भएको भन्दै उनले जनात विचलित हुननहुने तर्क गरे। जनयुद्धमा घाइते शहिदहरु कसैको कारिन्दा नभएर महान योद्धा भएकाले ती योद्धाहरु लाई जनार्दनले धोका दिएर पलायन भएको दाहालले आरोप लगाए। तत्कालिन माओवादी पार्टीभित्रको मतभेद, संगठनात्मक असहमति र नेतृत्वमा देखिएको फरक दृष्टिकोणका कारण प्रचण्ड र जनार्दनले अलग-अलग राजनीतिक मार्ग रोजेका छन् ।