रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।
Advertisement
आज दिउँसो साढे तीन बजेतिर बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिम की ३१ वर्षिया सुनिता विकको ढुङगाले लागेर मृत्यु भएको हो ।
सोही ठाउको रेवतखोलामा आफ्नै बाख्रा चराउन गएकी विकलाई बाख्राले पल्टाएको ढुङ्गाले लागेर घटना स्थलमै मृत्यु भएको हो।