रुकुम पश्चिम। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि रुकुम पश्चिम जिल्लामा कायम मतदाता संख्याको तुलनात्मक विवरण सार्वजनिक भएको छ। विवरण अनुसार जिल्लामा कुल २ हजार ३ सय २० मतदाता संख्या वृद्धि भएको देखिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९ को निर्वाचनमा जिल्लामा १ लाख ४ हजार ८ सय २० मतदाता रहेकामा २०८२ मा यो संख्या बढेर १ लाख ७ हजार १ सय ४० पुगेको छ।
जिल्लाका ६ वटै स्थानीय तहमा मतदाता संख्या बढेको देखिन्छ।
आठबिसकोट नगरपालिका मा सबैभन्दा बढी ४३० मतदाता थपिएका छन्।
चौरजहारी नगरपालिका मा १८४ मतदाता वृद्धि भएको छ।
त्रिवेणी गाउँपालिका मा २७० मतदाता थपिएका छन्।
बाँफिकोट गाउँपालिका मा ३३० मतदाता वृद्धि भएको छ।
मुसिकोट नगरपालिका मा ४२२ मतदाता थपिएका छन्।
सानीभेरी गाउँपालिका मा ४२८ मतदाता संख्या बढेको छ।
पुरुष र महिला दुवै मतदाताको संख्या बढेको छ भने ‘अन्य’ समूहको संख्या यथावत् रहेको निर्वाचन आयोगले जनाएको छ। मतदाता नामावलीमा वृद्धि हुनु नयाँ मतदाताको दर्ता, बसाइँसराइ तथा उमेर पूरा गरेका नागरिकको सहभागिताका कारण भएको अनुमान गरिएको छ। निर्वाचनलाई थप समावेशी र सहभागितामूलक बनाउन मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने सम्बन्धित निकायले जनाएको छ।