• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. आज सुनको मूल्य घट्यो

  • ६. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ७. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

खदीमा आयोजित कृषि प्रवर्धन मेला सम्पन्न भएको १ महिनामै उठ्यो अपारदर्शीको प्रश्न

"मौन आयोजक अपारदर्शिताको प्रश्नमा आवेग  "

  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • परम्परागत रुपमा लाग्दै आएको मंसिर पुर्णिमा कृषि प्रवर्द्धन मेलाको ३६औं संस्करण विभिन्न संघसस्था लगायत स्थानीयहरुसँग सहयोग रकम उठाएर आयोजना गरि सम्पन्न भएको एक महिना बित्दै गर्दा अपारदर्शीताको प्रश्न उठेपछि आयोजक पक्ष जवाफदेहिता बाट पछि हट्दै धम्किको भाषा बोलिरहेका छन । उज्यालोपाटी लाई प्राप्त जानकारी अनुसार सहयोगीदाता सबैको नाम सामाजिक संजालमा उल्लेख गरिएको छैन।

    Advertisement

    विषय हो आठविसकोट नगरपालिका ३ खदी रुकुम पश्चिमको गत मंसिर १२ गते मेलाको आयोजना भएको थियो। उक्त मेला सम्पन्न गराउनको लागि आर्थिक सहयोग संकलन गरिएको थियो । केहि व्यक्तिहरुको भेला बाट पाँच जना युवालाई मेला आयोजना गराउनको लागि पद नामाकरण गरियो। जसमा कुनै आधिकारिक समिती वा संस्था नभएर पनि भेला बाट विजय बुढा अध्यक्ष कृष्ण देवकोटा उपाध्यक्ष युहान बोहरा सचीव पवन बोहरा कोषाध्यक्ष र बिर्ख यरि खेलकुद संयोजक हुने गरि जिम्मेवारी बाँडफाँड भई उनिहरुलाई नै आर्थिक संकलन र मेला आयोजकको जिम्मा दिइएको थियो ।

    मेला आयोजना हुने प्रचारप्रसार र आर्थिक सहयोगको अपिल गरेपछि स्वदेश तथा बिदेशमा रहेका धेरै व्यक्तिहरुले सहयोग रकम धमाधम पठाउन थाले स्थानीय वासिन्दाहरु मार्फत पनि रकम उठाइयो हजारौं देखि सय रुपैयाँसम्म पैसा आउन थाल्यो। केहि दिनमा सोचेको भन्दा धेरै रकम जम्मा भयो। मेला भव्यताका साथ सम्पन्न भयो। मेलाका प्रतियोगिताहरुमा प्रथम पुरस्कार नै २ लाख ५ हजारसम्मका थिए ।

    मेला सम्पन्न भएपछि आयोजक भनेर चिनिने व्यक्तिहरुले आर्थिक सहयोग गर्नेहरुको नामावली रकम सहित सामाजिक सञ्जालमा सार्वजनिक गरे। जसमा केहि सिमित र ठूलो रकम दिइएकाहरुको नाम धेरैजसो थियो। भने जति जनाले सहयोग गरे ती सबैको नाम समावेश नभएको जस्तो गरि प्रस्तुती देखियो । सुरुवातमा कुरा सामान्य लाग्ने जस्तो नै थियो। एउटा असामान्य लाग्ने विषयमा उज्यालोपाटीको ध्यानाकर्षण भयो। त्यो विषय थियो सहयोग बापत प्राप्त भएको रकममा अपारदर्शिता ।

    अपारदर्शीता कसरी भन्ने कुरा कि त मेला सम्पन्न भएपछि कुनै पनि विवरण सार्वजनिक नभएको भए कसैको ध्यान नै जाने थिएन। तर सार्वजनिक गरिसके पछि पारदर्शिता जरुरी थियो। त्यहाँ सार्वजनिक गरिएका मध्ये सबै नामहरु समावेश छैन। जस्तो लागेपछि उज्यालोपाटीका गण्डकी प्रदेश प्रमुख सुजन बिश्वकर्माले यस बारे बुझ्नको लागि मेलाका अध्यक्ष विजय बुढालाई फोन सम्पर्क गरेका थिए ।

    बुढालाई सम्पर्क गरेर जानकारी लिन खोज्दा उनले उल्टै तपाईले कति पैसा सहयोग गर्नु भएको छ ?, तपाइको टाउको किन दुख्यो ? तपाइलाई मैले किन जवाफ दिने ? भन्दै विषयमा प्रवेश गर्दा नगर्दै विजय बुढा पत्रकार माथी नै आइलाग्न थाले .संवादलाइ शान्त बनाउने कोसिस गर्दै आर्थिक सहयोग संकलन गरेर मेला सम्पन्न गर्नुभएको हो नि ? है भन्ने प्रश्नमा हो। भनेर स्वीकार गरे लगत्तै फेरि वल्लो गाउँ पल्लो गाउँ चारैतिर मेला आयोजना भएका थिए। तिनिहरुलाई सोध्नु भयो ? भनेर आवेगमा आउदै विजय बुढा आफू माथिको प्रश्नको जवाफ दिनु भन्दा पनि अन्यत्र कुराहरुलाई अगाडि ल्याइरहे अन्त्यमा म तपाइलाई जवाफ पनि दिन्न नामावली पनि दिन्न र मलाई केहि थाहा छैन। जे मन लाग्छ गर्नु भनेपछि सम्पर्क टुट्यो ।

    अध्यक्ष विजय बुढासँग सम्पर्क टुटेको केहि घन्टा पछि कोषाध्यक्ष पवन बोहराले सम्पर्क गरेर विषय बुझ्न खोजे त्यसपछि पत्रकारको पुरानै प्रश्नमा उनले आफ्नो सहमति जनाउँदै आफुहरु बाट भएको त्रुटि अपारदर्शीतालाइ स्वीकार गरे । निश्चित कुनै समिती वा संस्था नभएको सहयोग रकम पनि कुनै एउटै खातामा नभई फरक फरक खातामा मगाइएको र स्थानीय तहमा पनि फरक फरक मान्छेहरुले उठाएको हुँदा यकिन कति संकलन भएको र को को बाट आएको भन्ने नै थाहा पाउन नसकेको उनले जनाए।

    त्यसपछि जसले जहाँ बाट संकलन गरे पनि संकलन गर्नेले नाम र सहयोग रकम त टिपेको छ। होला नि भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् बरु गल्ती स्वीकार गर्ने तर अब बाकी जे भयो सकियो। भन्ने मनसाय पवन बोहराले व्यक्त गरे। त्यसपछि उनिसँग पनि पारदर्शिता कै प्रश्न तेर्साइयो उनले आफू घर देखि बाहिर भएको र केहि दिनमा सबै विवरण सार्वजनिक गर्ने भन्दै फोन राखे तर तीन दिन पछि उनले पनि म जे जवाफ दिनुपर्छ तपाइको कार्यालयमै आएर दिन्छु। भन्दै सम्पर्क गरे तर जवाफ हामिलाई गोप्य रुपमा चाहिएको होइन। तपाइहरुले आफ्ना सहयोगदाताहरुलाई आर्थिक संकलनको पारदर्शिता देखाइदिनु भनेपछि उनिसँग सम्पर्क टुट्यो ।

    करिब एक हप्ता देखि यो विषयको सतहसम्म पुग्ने कोसिस गरिरहेका पत्रकार सुजन बिश्वकर्मालाई फेरि एउटा नम्बर बाट फोन आयो फोन उठाउन नपाउदै धम्किको भाषामा त को होस् तैले के खोजेको हो ?त तुरुन्तै हाम्रो गाउमा आइज यत्रो वर्ष देखि कसले कति भ्रष्टाचार गरेको छ। सबै निकाल सक्छस? यदि निकाल्न सकिस भने एक लाख रुपैयाँ पैसाको माला लगाइदिन्छु। भन्दै एककोहोरो बोल्न थालेपछि उनको परिचय माग्दा उनले आफुलाई अध्यक्ष विजय बुढाको बुबा हो। भनेर चिनाए। नाम भन्न चाहेनन्। मेरा छोरालाइ केहि भन्ने होइन फोन नगर भन्दै धम्क्याउन थाले । अभिभावक भएर तपाइले यस्तो कुरा गर्न सुहाउछ ? आफ्नो मेहनतले कमाएको पैसा मेलाको लागि सहयोग गरेका छन। त्यति धेरै जनाले त्यसमा आर्थिक पारदर्शिता चाहिन्छ हुनुपर्छ है भनेर सिकाउन पर्ने ठाउँमा उल्टो पारदर्शिता खोज्दै प्रश्न गर्ने पत्रकारलाई धम्क्याउनु हुन्छ ?तपाईं मैले पैसा फिर्ता मागेको होइन भन्ने बित्तिकै उनले पनि फोन काटे खोजतलास गर्दै जाँदा उनी विजय बुढाका बाबू हरि बहादुर बुढा रहेछन्। उनी त्यही वडाका काङ्ग्रेस वडा सभापति हुन् भन्ने खुल्नमा आएको छ ।

    करिब दुई घन्टा पछि पुन अर्को नम्बर बाट फोन आयो आफुलाई स्थानीय छिमेकी बताउदै विषय बुझ्न चाहेको भनेपछि सुजन बिश्वकर्माले उनलाई पनि पारदर्शिता मात्रै खोजिएको जानकारी गराए ती व्यक्तिले पत्रकारको काम र धर्म नै यही हो पारदर्शिता त उनिहरुले देखाउनै पर्छ भन्दै सहमति जनाएर फोन राखे उनको पनि जानकारी लिँदा गरियो। उनी नन्दलाल देवकोटा रहेछन् ।

    भलिबल महिला /पुरुष तथा अन्य दौड ,छेलो लगायत खेलकुदहरुमा करिब पाँच लाख पचास हजार भन्दा धेरै धनराशिको पुरस्कार राखी सम्पन्न भएको उक्त मेलामा सयौं व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन । उक्त आर्थिक सहयोगको रकममा पारदर्शिता नदेखिएकोले प्रश्न गर्दा जवाफ अहिलेसम्म आएको छैन। बरु हरेक सम्बन्धित व्यक्तिहरू अन्यत्र प्रसंगलाई मोडेर आफुहरु उम्किन खोजिरहेका छन । खोजतलास गर्दै जाँदा अनियमितताको शंका उब्जिएको छ .लापरबाही देखिएको छ। यसप्रकारको व्यवहार प्रति जिम्मेवार व्यक्तिहरुको जवाफदेहिता जरुरी छ ।

    • खदी
    • रुकुम पश्चिम
    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला
    डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम
    दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी
    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      आज सुनको मूल्य घट्यो

    • ६.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • २.
      रुकुम पश्चिममा बम फेला

    • ३.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ६.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.