पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा) परित्याग गरेर तीन जना केन्द्रीय सदस्यसहित १० जनाले नेकपा छाडेको घोषणा गरेका छन्।
उनीहरुले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा छाडेको जानकारी गराउँदै उनीहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा छाड्नेमा वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकले पार्टी परित्याग गरेका हुन् । उनीहरू केन्द्रीय सदस्य हुन् ।
