रुकुम पश्चिम । जाजरकोटको नलगाड नगरपालिकामा खानेपानी सेवा सुचारुताको लागि ग्रामिण सेवा सहायता सुदृढीकरण (ssc) सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको संयुक्त आयोजना र सुस्वा आयोजना (पिएसयु) सुर्खेतको सहजीकरणमा वास इकाईमा कार्यरत कर्मचारीहरुका लागी तालिम दिईएको हो ।
निर्माण भएका खानेपानी अयोजना लाई दीर्घकालीन रुपमा सुचारु गर्न र निर्माण सम्पन्न पछी अलपत्र पर्ने अवस्था लाई निराकरण गर्न उपभोक्ता र उपभोक्ता समितिलाई क्षमता बिकास गरी खानेपानी आयोजनालाई पालिकामा रहेको सेवा सहायता केन्द्रमा आवद्ध गराएर दीर्घकालीन समधानको लागि ३ दिने तालिम प्रदान गरिएको हो । वास इकाईका कर्मचारीलाई दिएको तालिम पश्चात उनीहरुले उपभोक्ता समितिलाई भिभिन्न ८ वटा मोडलमा ११ दिने तालिम प्रदान गर्नेछन। जसले खानेपानी आयोजना लाई दिर्घकालिन रुपमा संचालन गर्न टेवा पुग्ने विश्वास लिईएको छ।
तालिमको उद्घाटन तथा समापन समारोहमा बोल्दै नलगाड नगरपालिकाका नगर प्रमुख डमर बहादुर रावतले खानेपानी आयोजनाको दिर्घकालिन समस्या समाधानका लागि निर्माण भैसकेका आयोजनाको अवस्था के छ ? ओ आयोजनाहरु सुचारु छन कि छैनन भन्नेकुरा तालिमबाट कर्मचारी तथा उपभोक्ता र समितिले बुझ्नुपर्ने बताए । प्रमुख रावतले नयाँ खानेपानी आयोजना निर्माण गरेर मात्र नहुने र तिनलाई दिगो रुपमा टिकाउन सेवा सहायता मार्फत पालिकाकै लगानीमा भएपनी संञ्चालनमा ल्याउनुपर्ने बताए। 
, रावतले भने, हामिले पालिकामा सेवा सहायता केन्द्र स्थापना गरेर काम सुरु गरिसेकका छौं । अब पालिकामा भएका साना मर्मत आयोजनाहरु सबै सेवा सहायता केन्द्र मार्फत हुने छन र खानेपानी उपभोक्ता समितिको क्षमता बिकास गरेर पालिकामा आवद्ध हुनेछन।
उक्त तालिमको सहजीकरण सेवा सहायता बिज्ञ इन्द्र राज बडु ,वास सल्लाहकार प्रमोद लाल श्रेष्ठ , वास अफिसर बिरेन्द्र बटालाले गरेका थिए । नलगाडका नगर प्रमुख रावत प्रमुख अतिथि र प्रमुख प्रसासकिय अधिकृत ठगेंद्र गिरी अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
खानेपानी सेवा सुचारुताको लागि ग्रामिण सेवा सहायता सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न
खानेपानी सेवा सुचारुताको लागि ग्रामिण सेवा सहायता सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया