काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाएको जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै त्यस्ता वृद्ध समूह सँग कुनै पनि सहकार्य नहुने किरांतीले बताए।
नयाँ अभियान मार्फत अब देशको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने र भ्रष्टाचारको अन्त्य गर्न चाहने सबै शक्तिहरूसँग आफूहरूले सहकार्य गरेर अघि उनले बढ्ने बताए।
किरातीले भने ,नेपालको कानुनमा ७० वर्ष माथिकालाई वुद्धाभत्ता को व्यवस्था छ। प्रचण्डको पार्टीमा पनि ७० वर्ष काटेका वृद्धाहरूको वृद्धाश्रमजस्तो भएको छ। यो अवस्थामा बृद्धले नेतृत्व गरेको पार्टी कुनैपनि तरिकाले अघि नबढ्ने हुँदा हामी सहकार्य गर्न सक्दैनौ।