नेकपा (माओवादी केन्द्र) ले भोली मंगलबार महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि बोलाईएको हो ।
माओवादीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित अन्य ८ दल र समूहसँग एकताको घोषणा गरेको छ । उक्त एकतालाई अनुमोदन गर्नको लागि माओवादीले महाधिवेशन आयोजक समितिको बैठक बोलाईएको माओवादीका प्रवक्ता अग्ने सापकोटाले जानकारी दिए।
बुधबार कार्तिक १९ गते काठमाडौंको एक पार्टी प्यालेसमा बृहत एकता घोषणा हुने भएको छ । एकीकृत पार्टीको नाम तय गर्नेबारे छलफल भैरहदा माओवादीका उपमहासचिव जनार्दन शर्माले भने पार्टी एकता नगरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग गर्दै आएका छन्। यदी पार्टी एकता भएमा आफुले पार्टी नछोड्ने र माओवादीलाई नै एकीकृत गरेर लैजाने बताएका छन्। त्यस्तै एकीकृत समाजवादीमा पनि राम कुमारी झाक्री सहितको समूह पार्टी एकताको विपक्षमा उभिएका छन्।