पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्।
शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउएका हुन् ।
जनार्दन शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किएका थिए । उनले माओवाद माओवादी केन्द्रले छोड्न लागेको प्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राखेका थिए। शनिवारको बैठक पछि माओवादीमा फेरी पार्टी फुटको तरंग पैदा भएको छ। अग्नि सापकोटा सहितका नेताहरुले जनार्दन शर्माको बिरुद्धमा टिप्पणी गर्दा नारायणकाजी भने शर्मा प्रत्ति सकारात्मक देखिएपनी उनी पार्टी एकताकै पक्षमा उभिएका छन्।
प्रचण्डले हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । भनेपनी उनले जनार्दनको शैली कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’ भनेका थिए।
जनार्दन शर्माले पार्टी एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने माग गरेका छन् । सचिवालय बैठकमा उनले धारणा राख्दै उपयुक्त गृहकार्य, वैचारिक स्पष्टता र एकताविना गरिने एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने दाबी गरेका छन् । हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्न मात्रै सीमित हुने शर्माको दाबी छ । एकता प्रक्रिया तत्काल नरोके नयाँ पार्टी गठनको तयारी गर्ने संकेत उनले गरेका छन् ।