अब देखि डोल्पामा जथाभावी ड्रोन उडाउन नपाइने भएको छ। हिमाली जिल्ला डोल्पामा उडाउनु अघि अनुमति लिएर मात्रै ड्रोन उडाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले आज एक सूचना जारी गर्दै अनुमति विना ड्रोन उडाउन नपाइने बताएको छ ।
Advertisement
सूचनामा भनिएको छ। , ‘मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरीत निषेधित वा नियन्त्रित क्षेत्रमा ड्रोन उडान गर्न नपाइने र “उडान अनुमति लिनु नपर्ने क्षेत्रमा समेत कार्यविधि, २०७५ को दफा १४(क), (ख) र (ग) बमोजिम नजिकैको प्रहरी वा सुरक्षा निकायलाई अनिवार्य रूपमा जानकारी गराई मात्र ड्रोन उडान गर्नुपर्नेछ।”
सुरक्षासम्बन्धी मापदण्ड र अनुमति विना ड्रोन उडाउने लाई प्रचलित कानूनअनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ।