डोटीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डोटी प्रहरीका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेम सम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ । मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनले लेखेकी छन् ;‘अहिलेसम्म ड्याडी(मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरूँ भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’
बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् ।
‘मेरो आयु यत्ति नै रहेछ, के गरूँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा लेखिएको छ ।
डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डोटी प्रहरीका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेम सम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ । मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सुसाइड नोटमा खड्काले गणेश रावल स्वयंले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाए पनि देख भेट नभएको उल्लेख गरिएको छ ।
‘अहिलेसम्म ड्याडी(मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरूँ भाइ, गणेश रावलले आफैँ फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’