साङ्गगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका एलिना चौहानले आयोजकले आफूमाथि नोकर र कैदी जस्तै व्यवहार गरेको बताएकी छन्।
Advertisement
चौहानले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन,जस्तो छ, त्यस्तै भन्छु-यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो।
एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।
नराम्रा अनुभवले धेरै कुरा सिकायो- अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।