आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एक/दुई ठाउँमाा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ । यस्तै राति गण्डकी प्रदेशका केही ठाउँहरुमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा राति पनि ठूलो हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।