रुकुम पश्चिममा जीप दुर्घना भएको छ। सदरमुकाम मुसिकोट बाट आठबिसकोट ३ स्यालाखदी तर्फा आउँदै गरेको रा १ ज ४२२ नम्वरको जीप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाना स्थित झारमारेमा दुर्घटना भएको हो । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने मा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ ।
Advertisement
मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।