• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज घट्यो सुनको मुल्य

विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ९. फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

  • १०. आज सामान्य बढ्यो सुनको मुल्य

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय गतिविधिको सामना गर्दै आएका छन् ।

    Advertisement

    रूसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट एक सय २८ किलोमिटर पूर्वमा र १० किलोमिटर गहिराइमा आएको यो भूकम्पका कारण भवनहरू हल्लिएका थिए । रूसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको अनुमान गर्दै कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ ।

    सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा घरभित्रका फर्निचर, लाइट फिक्स्चर र सडकमा पार्क गरिएका कारसम्म हल्लिएको देखिन्छ ।

    सुरुमा जारी गरिएको सुनामी चेतावनी केही घण्टापछि हटाइएको भए पनि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छालको सम्भावना रहेको चेतावनी दिएको थियो। “कामचटका बासिन्दाहरूको लचिलोपन फेरि एक पटक परीक्षण भइरहेको छ”, गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै शान्त रहन आग्रह गरे । हालसम्म क्षतिको कुनै रिपोर्ट छैन ।

    यसैबीच, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ । नबिरे सहरबाट २८ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई इन्डोनेसियाको बिएमकेजी एजेन्सीले भने ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा आएको बताएको छ ।

    विशाल द्वीपसमूह राष्ट्र इन्डोनेसिया प्रशान्त ‘रिङ अफ फायर’ को सक्रिय टेक्टोनिक क्षेत्रमा पर्न जाने भएकाले बारम्बार शक्तिशाली भूकम्पको सामना गर्दै आएको छ ।

    जापानदेखि दक्षिणपूर्व एशिया हुँदै प्रशान्त बेसिनभर फैलिएको यस भूगर्भीय चापका कारण इन्डोनेसिया र रूसका तटीय बासिन्दाहरू निरन्तर जोखिममा रहने गरेका छन् । रासस

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला
    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
    आज घट्यो सुनको मुल्य
    विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    • २.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ३.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • ४.
      आज घट्यो सुनको मुल्य

    • ५.
      विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    • ६.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.