काठमाडौँ । पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ ।
Advertisement
नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको रातोपाटीलाई जानकारी दिए ।
नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ।