आठबिसकोट । अविरल वर्षाका कारण भेरीकरिडोर सडक अन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ पिपलचौरमा पहिरो खसेर अवरुद्ध बनेको छ । रिम्ना चिसापानी सडकखण्डको पिपलचौरमा पहिरो जादा यातायात सेवा अवरुद्ध बनेको छ ।
Advertisement
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । सडक अवरुद्ध हुदा डोल्पा, जाजरकोट र रुकुम पश्चिमबाट नेपालगन्ज, काठमाडौं , पोखरा, दाङ जाने यातायातका साधनहरु चल्न सकेका छैन्। रुकुम पश्चिम सहित देशभर गएराती देखि भारी वर्षा भैरहेको छ ।