रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आठबिसकोट नगर समितिको प्रथम भेला आज एक कार्यक्रममा सम्पन्न भएको छ। भेलामा नगरका विभिन्न वडाबाट आएका प्रतिनिधिहरू, युवा कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन रास्वपाका नेता इन्जिनियर मान बहादुर शाहीले गरे । उद्घाटन उनले पार्टीको नीतिगत दृष्टिकोण, आगामी संगठनात्मक योजना र स्थानीय विकासका प्राथमिकताबारे चर्चा गरे ।
भेलाले सर्वसम्मत निर्णय गर्दै सरोज केसी लाई नगर समितिको सभापतिमा, बिमला मल्ललाई उपसभापतिमा , सुरेश गिरीलाई सचिवमा, र मेनुका मल्ललाई कोषाध्यक्षमा चयन गरेको छ। साथै, ११ सदस्यीय नगर समिति गठन गरिएको छ।
भेलामा बोल्ने अधिकांश वक्ताहरूले पार्टीलाई स्थानीय तहमा जनताकै मुद्दा उठाउने मुख्य राजनीतिक शक्ति बनाउन एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाए।