आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ गोतामकोट स्थित थापागाउँमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। वडा नम्वर-५ निवासी भिमसेन थापा का १७ वर्षिय छोरा पारस थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
Advertisement
वडा नम्वर -५ का वडा अध्यक्ष घनश्याम भण्डारीका अनुसार आज बेलुका साढे ४ बजेतिर थापा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
अहिले घटना स्थलमा प्रहरी पुगेको र अनुसन्धान भैरहेको जनाइएको छ । थापा सरस्वति मावि मिग्रीमा कक्षा १० मा अध्ययनरत थिए । झुन्डिएको अवस्थामा फेला परेका थापाको मृत्युको कारण भने खुल्न सकेको छैन्।